मिचिएको जग्गा फिर्ता गर्दै महानगर : १ सय ४६ रोपनी अतिक्रमित जग्गा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मिचिएको जग्गा फिर्ता गर्दै महानगर : १ सय ४६ रोपनी अतिक्रमित जग्गा सार्वजनिक

ghar-jagga

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरको ३२ वटै वडाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन थालेका छन् । महानगरका वडाहरूले एक सय ४६ रोपनी जग्गा फिर्ता ल्याइसकेका छन् । सबैभन्दा बढी वडा ३ ले ६४ रोपनी ८ पैसा अतिक्रमित जग्गा सरकारमातहत ल्याएको छ ।

वडाले सुकुमबासी बस्ती रहेको १६ रोपनी जग्गा पहिचान गरी उनीहरूलाई हटाउने काम पनि सुरु गर्न लागेको छ । यी जग्गा सरकारमातहत ल्याउन तयारी थालिएको वडाध्यक्ष दीपक केसीले बताए ।

त्यस्तै, एक सय ३६ रोपनी अव्यवस्थित सरकारी जग्गा पहिचान गरी त्यसमा व्यवस्थित पार्कसमेत बनाइसकेको छ । वडा ३ मा काठमाडौं अस्पतालले ओगटेको ६ आना, बाँसबारीमा रहेको विश्वहिन्दू महासंघले मिचेको २४ रोपनी १२ आना, गायत्री परिवार नामक संस्था रहेको बाँसबारीस्थित ४२ आना सार्वजनिक गरिसकेको छ । वडा ४ ले पनि विभिन्न व्यक्ति र संस्थाले हडपेको ६० रोपनी जग्गा महानगरमातहत ल्याएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);