दुई कम्पनीको साधारण सभा आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दुई कम्पनीको साधारण सभा आज

AGM

काठमाडौं, २४ पुस । अपि पावर कम्पनी र आरम्भ माइक्रोफाइनान्सले आज साधारण सभाको आयोजना गर्दैछन् ।

अपि पावर कम्पनीको १५ औं वार्षिक साधारण सभा कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा बिहान १० बजे हुँदैछ । कम्पनीले सो सभामा ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र संचालक समितिको संरचना परिवर्तन तथा निर्वाचन गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गतेदेखि बन्द गरेको छ । पुस १४ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई निर्वाचनमा मतदान गर्न र लाभांशको हकदार हुन सक्छन् ।

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा पञ्चकन्या ब्याङ्क्वेट प्रा.लि, बनेपा, पुलबजार, काभ्रेपलान्चोकमा बिहान ११ बजे हुँदैछ । कम्पनीले सो सभामा १० बराबर ७ (१०ः७) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट २ जना संचालक नियुक्ति गर्ने लगायतका प्रस्ताहरू लैजाँदैछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस १२ गतेदेखि बन्द गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);