आज माछापुच्छ्रे बैंक, आरएमडीसी लघुवित्त र नेरूडे लघुवित्तको साधारण सभा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज माछापुच्छ्रे बैंक, आरएमडीसी लघुवित्त र नेरूडे लघुवित्तको साधारण सभा

AGM

काठमाडौं, २० पुस । माछापुच्छ्रे बैंक, आरएमडीसी लघुवित्त र नेरूडे लघुवित्त वित्तीय संस्थाले शुक्रवार (पुस २०) मा वार्षिक साधारण सभा आयोजना गर्दैछन् । माछापुच्छ्रे बैंकले २० औं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे आयोजना गर्दैछ ।

बैंकले सभामा १० प्रतिशत नगद लाभांश वितरण गर्ने र संचालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ । साधारण सभा प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता पुस्तिका पुस ६ गतेदेखि बन्द रहेको छ । यसको आधारमा पुस ५ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई निर्वाचनमा मतदान गर्न र लाभांशको हकदार हुन सक्छन् ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २० औं वार्षिक साधारण सभा बिहान ११ बजे युनाईटेड वर्ल्ड ट्रेड सेण्टर, त्रिपुरेश्वरमा आयोजना गर्दैछ । कम्पनीले सभामा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । साथै, संचालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि लैजाँदैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस ४ गतेदेखि बन्द रहेको छ । यसको आधारमा पुस ३ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई निर्वाचनमा मतदान गर्न र लाभांशको हकदार हुन सक्छन् । यो समाचार आजको अभियान दैनिकमा छ ।

नेरूडे लघुवित्त वित्तीय संस्थाले १२ औं वार्षिक साधारण सभा बिहान ११ बजे उद्योग संगठन मोरङ, विराटनगरमा आयोजना गर्दैछ । कम्पनीले सभामा १५ प्रतिशत बोनस शेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस ५ गतेदेखि बन्द रहेको छ । यसको आधारमा पुस ४ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);