सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

siddhartha bank

काठमाडौं, ८ पुस । सिद्धार्थ बैंकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

बैंकले साधारण सभाको लागि पुस ९ गते (भोली) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसको आधारमा आजसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

बैंकले १७ औं वार्षिक साधारण सभा पुस २३ गते राष्ट्रिय सभा गृह, काठमाडौंमा आयोजना गर्दैछ । बिहान ११ बजे शुरु हुने सो सभामा बैंकले लाभांश वितरण सहित विविध प्रस्तावहरू लैजाँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);