एनसीसी बैंकको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एनसीसी बैंकको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

hakprad

काठमाडौं, २० पुस । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले सर्वसाधारण समूहतर्फको ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र संस्थापक समूह तर्फको १३ लाख ९४ हजार १ सय ९८ कित्ता अवितरित हकप्रद विक्रीमा ल्याउन लागेको हो । बैंकले शेयरको न्यूनतम मूल्य रू. १ सय तोकेको हुँदा सोभन्दा बढीको अंकित मूल्य तोकी बोलकबोल गनुपर्ने हुन्छ । यो समाचार आजको अभियान दैनिकमा छ ।

आवेदकहरुले बोलपत्रमा आवेदन दिँदा संस्थापक समूह तर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूह तर्फ १ सय कित्ताको लागि आवेदन दिन सकिनेछ । अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । बैंकको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);