तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

share lilami

काठमाडौं, २५ पुस । सेन्चुरी कमर्सियल बैंक, लुम्बिनी विकास बैंक र नयाँ नेपाल लघुवित्तले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सेन्चुरी कमर्सियल बैंकले संस्थापक समूहतर्फको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूहतर्फको ४ लाख ९ हजार १ सय ७५ कित्ता शेयर पुस १८ गतेदेखि विक्रीमा ल्याएको हो । बैंकले शेयरको न्यूनतम मूल्य रू. १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

लुम्बिनी विकास बैंकले संस्थापक समूहतर्फको ३ लाख ४४ हजार ९ सय ४६ दशमलव ४४ कित्ता अवितरित हकप्रद शेयर पुस १० गतेदेखि लिलामीमा ल्याएको हो । यो समाचार आजको अभियान दैनिकमा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);