सिटी एक्सप्रेसको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिटी एक्सप्रेसको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

hakprad

काठमाडौं, ६ माघ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले संस्थापक समूहतर्फको २ लाख ५७ हजार ६ सय ३१ कित्ता र सर्वसाधारण समूह तर्फको ४ लाख ७८ हजार ४ सय ५६ कित्ता शेयर पुस २९ गतेबाट विक्रीमा ल्याएको हो । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

कम्पनीले लिलामी शेयरको न्यूनतम मूल्य रू. १ सय तोकेको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । शेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार तथा सर्वसाधारण समूहतर्फ १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीको विक्री प्रबन्धक काठमाडौं क्यापिटल लिमिटेड रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);