नेपाल ल्यूव आयल र युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा आज ११ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

नेपाल ल्यूव आयल र युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा आज ११ बजे बस्दै

AGM

काठमाडौं, १२ पुस । नेपाल ल्युव आयल लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आज वार्षिक साधारण सभा आयोजना गर्दै छन् ।

नेपाल ल्यूव आयल लिमिटेडले २७औं वार्षिक साधारण सभा बिहान साढे ११ बजे याक प्यालेस, पुल्चोक, ललितपुरमा आयोजना गर्दै छ । कम्पनीले सभामा ३० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदै छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका मङ्सिर २८ गतेदेखि बन्द गरेको थियो । यसको आधारमा मङ्सिर २७ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनी हरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बिहान ११ बजे युडब्लुटीसी हल, त्रिपुरेश्वरमा आयोजना गर्दै छ । कम्पनीले सो सभामा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदै छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका मङ्सिर २५ गतेदेखि बन्द गरेको थियो । यसको आधारमा मङ्सिर २४ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);