पूँजीबजार सुधार्न राष्ट्र बैंक लचक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं, १२ पुस । शेयर लगानीकर्ताले अब वित्तीय संस्थाबाट शेयर धितोमा अन्तिम बजार मूल्य वा पछिल्ला १ सय ८० दिनको औसत मूल्यमा जुन कम हुन्छ, त्यसैको ६५ प्रतिशतसम्म कर्जा लिन पाउने भएका छन् । यसअघि यस्तो कर्जाको सीमा ५० प्रतिशत तोकिएको थियो ।

चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिले शेयर धितो कर्जामा कडाइ गरेपछि पूँजीबजार धराशयी भएको भन्दै लगानीकर्ता आन्दोलित भएपछि गठित मुद्रा तथा पूँजीबजार सुधार समितिको सुझाव अनुसार राष्ट्र बैंकले यसको सीमा बढाएको हो ।

मंगलवार संसद्को अर्थ समितिको बैठकमा गभर्नर डा. चिरञ्जीवी नेपालले अध्ययन समितिले दिएको सुझाव तत्काल कार्यान्वयन गर्न लागेको जानकारी गराएका थिए । सोहीअनुरूप बुधवार राष्ट्र बैंकले नयाँ व्यवस्थाको परिपत्र गरेको हो ।

लगानीकर्ताको माग सम्बोधन गर्ने क्रममा राष्ट्र बैंकले शेयरसँग सम्बन्धित विभिन्न सातओटा व्यवस्था परिमार्जन गरेको छ । त्यसअन्तर्गत अब बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई ‘मार्जिन कल’ गर्दा बुकक्लोज र मूल्य समायोजन भइसकेका हकप्रद तथा बोनस शेयरलाई पनि गणना गर्न पाउने भएका छन् ।

यसअघि हकप्रद र बोनस शेयर नेप्सेमा सूचीकरण नभएसम्म गणना गरिँदैनथ्यो । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पूँजीको ४० प्रतिशतसम्म शेयर कर्जा प्रवाह गर्न सक्ने भएका छन् । यसअघि त्यस्तो कर्जाको सीमा प्राथमिक पूँजीको २५ प्रतिशत मात्र थियो । यो समाचार आजको अभियान दैनिकमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);