क्यान इन्फोटेक सम्पन्न : ३ लाख ५० हजार बढीले अवलोकन गरे | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

क्यान इन्फोटेक सम्पन्न : ३ लाख ५० हजार बढीले अवलोकन गरे

काठमाडाैं, १६ माघ । कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा भएको २४ औं संस्करणको क्यान इन्फोटेक मंगलबार सम्पन्न भएको छ । मेलमा ३ लाख ५० हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

सूचना प्रविधिप्रति युवा पुस्ताको मोह क्यान इन्फोटेकमा देखियो । माघ ११ गते देखि काठमाडौंको भृकुटीमण्डपमा भएको क्यान इन्फोटेक २०१८ मा ३ लाख ५० हजार भन्दा बढीले अवलोकन गरे । मेलामा बालक देखि बृद्धासम्मको उल्लेख्य उपस्थिति देखियो । जसले सूचना प्रविधिप्रति आम मानिसको चासो बढ्दै गएको आयोजकको भनाइ छ ।

सूचना प्रविधिमा भएको विकास र नयाँ प्रविधिको विषयमा उनीहरुको जिज्ञासा एक हदसम्म इन्फोटकले पुरा गर्न सफल भएकाे अायाेजकले दाबी गरेका छन् । अन्तिम दिन मंगलबार सार्वजनिक विदा भएकाले इन्फोटेकमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता थियो ।

यसपटक नयाँ प्रविधिहरुलाई प्रदर्शन गर्न हार्डवेयरका अतिरिक्त सञ्चार, सफ्टवेयर, आइटी स्टार्टअप र विश्वविद्यालय र कलेजका स्टलहरुलाई पनि समावेश गरिएको थियो । ब्यवसायीहरुले मेलामा उत्पादनको विक्रि भन्दा पनि ब्राण्डीङलाई जोड दिइएको बताए ।

यस पटक मेलामा स्मार्टफोन, इन्टरनेट सेवाप्रदायक कम्पनी, नेटवर्किङ उत्पादन, कम्प्युटर लगायतका स्टलमा अवलोकनकर्ताको बढी उपस्थिति देखियो ।

मेलामा नेपाल टेलिकमले १ सय २५ रुपैयाँमा वितरण गरेको फोरजी सिम लिनेको संख्या पनि उल्लेख्य थियो । सर्वसाधारणले भने यस्ता मेलाबाट नयाँ सूचना प्रविधिको बारेमा एकैठाउँबाट जानकारी पाइने भएकाले मेला फलदायी भएको प्रतिक्रिया दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);