‘क्यान इन्फोटेक २०२०’ फागुन २ गते देखि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

‘क्यान इन्फोटेक २०२०’ फागुन २ गते देखि

CAN infotech 2020

काठमाडौं, २ पुस । सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

क्यान महासंघका महासचिव नारायण थापाले सूचना तथा सञ्चार प्रविधि बारे चेतना बढाउन,उद्योग तथा उद्यमीहरुको आवश्यकता अनुसार सहयोग दिलाउन क्यान इन्फोटेक २०२० आयोजना गर्न लागिएको बताउनुभयो ।

महासंघले प्रदेश १ को इटहरी, प्रदेश २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा प्रदेश स्तरिय र प्रदेश ५ को नेपालगञ्जमा जिल्ला स्तरिय प्रदर्शनी आयोजना गर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);