सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा अवलोकनकर्ताको उत्साहजनक सहभागिता | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा अवलोकनकर्ताको उत्साहजनक सहभागिता

काठमाडौं । सूचना प्रविधि मेला, २०७९ क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड बढेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलवारदेखि कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानले सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शुरु भएको क्यान इन्फोटेक अवलोकन गर्नेहरुको भीड बढेको हो । इन्फोटेकमा नयाँनयाँ सूचना प्रविधि र जानकारी लिनको लागि अवलोकन कर्ताहरुको बाक्लो उपस्थिति भइरहेको व्यवसायीहरुले बताएका छन् । समय अनुसार प्रविधिको नयाँनयाँ विकास हुँदै गएकाले इन्फोटेकमा नयाँ प्रविधिहरु हेर्न र जानकारी लिन अवलोकनकर्ताहरु उत्सुक देखिन्छन् ।

पछिल्लो समय मोबाइल एप्सहरुमा नै धेरै टेक्नोलोजी हेर्न सकिने भएकाले मेलामा अवलोकनकर्ताको केही कमी जस्तो देखिएको स्टल सञ्चालकहरुको भनाई छ । यद्यपी मेलामा पुग्ने अवलोकनकर्ताहरुको नयाँ टेक्नोलोजीको विषयमा अत्याधिक चासो रहेको उनीहरु बताउँछन् ।

मेलामा १ सय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन सेट लगायतका सामग्री अवलोकन गर्न पाइन्छ । इन्फोटेकमा नयाँ प्रविधिमा भएको परिवर्तन तथा यससँग सम्बन्धित अन्य जानकारी एउटै स्थानबाट प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);