सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्छः अध्यक्ष पोद्दार | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्छः अध्यक्ष पोद्दार

काठमाडौं । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) का अध्यक्ष रञ्जित कुमार पोद्दारले सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा गत मंगलवारदेखि माघ २९ गतेसम्म चल्ने क्यान इनफोटेक बारेमा जानकारी दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा ४ सय कर्मचारी राखेर नेपालमा नै नयाँ नयाँ सफ्टवयेर निर्माण गर्ने उदेश्यले कम्पनीहरु अगाडि आएकाले सरकारले उद्योगको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले क्यान सरकारसँग सफ्टवयेरका लागि विदेशी भन्दा मेक इन नेपाललाई प्रमुख प्राथमिकता दिन माग गर्दै आएको बताउनु भयो । उहाँले सरकारसँग क्यानले सूचना प्रविधिको क्षेत्रमा गर्ने कामको विषयमा सधैँ सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यको निरन्तरता चाहेको बताउनु भयो । उहाँले सरकारले उद्योगको रुपमा सूचना प्रविधिको क्षेत्रलाई विकास गर्नसके नेपालबाट विदेशमा जाने विदेशी मुद्रा नेपालमा नै बस्ने मात्रै नभएर विदेशबाट नेपालमा विदेशी मुद्रा भित्र्याउन सकिने बताउनु भयो ।

उहाँले आइतवारसम्म चल्ने क्यान इन्फोटेकमा आगामी दिनमा आवश्यक सूचना प्रविधिको ज्ञान लिनसकिने बताउनु भयो । उहाँले क्यानले गर्ने हेरक वर्षको मेलामा नयाँनयाँ प्रविधिको जानकारी दिने गरी स्टलहरु राख्ने गरेको भन्दै यो वर्ष पनि त्यही अनुसार फरक स्टलहरु राखिएको बताउनु भयो । उहाँले विश्व बजारमा भित्र्यिएका नयाँनयाँ प्रविधिका विषयमा जनाकारी र अवलोकन मेलामा गर्न सकिने बताउनु भयो । अध्यक्ष पोद्दारले मेलमा सबै उमेर समूहको लागि आवश्यक टेक्नोलोजीको विषयमा जानकारी लिनसकिने बताउनु भयो ।

उहाँले मेलामा सहभागिता भएका कम्पनीहरु व्यापार प्रवद्र्धन गर्न र व्यापार गर्नको लागि स्टल राखेको बताउनु भयो । उहाँले मेलामा सबै ब्राण्डिङ टाइपले बसेको भन्दै अवलोकनकर्ताहरुले मेला अवलोकन गर्न आउँदा किन्न नपाउने भन्ने माग रहेकाले सामान बेच्नको लागि छुट्टै स्टलको व्यवस्था गरेको बताउनु भयो । उहाँले सफ्टवयेर कम्पनी र आइटी कलेजहरुको पनि स्टल रहेको उनीहरु बेच्नको लागि नभएर भोलीको व्यापारको लागि बसेको पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);