सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा प्रविधिको विकास हुन सकेनः अध्यक्ष राजेन्द्र मल्ल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा प्रविधिको विकास हुन सकेनः अध्यक्ष राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताउनुभएको छ ।

मंगलवारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सूचना र प्रविधिको क्षेत्रमा धेरै अघि बढ्नुपर्ने भएपनि हालसम्म सोचेअनुसारको अघि बढ्न नसकेको बताउनु भयो । उहाँले आगामी दिनमा मुलुकलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधिको विकास गरी सूचना प्रविधिमा आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयो । उहाँले आइटी अध्ययनरत विद्यार्थीहरुलाई पार्ट टाइम जबका लागि सरकारले उद्योग व्यवसाय क्षेत्रमा लगाउनुपर्ने बताउनु भयो । अध्यक्ष मल्लले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न आईटी कम्पनीहरु खोल्नुपर्ने बताउनु भयो । उहाँले आईटी क्षेत्रलाई प्रवद्र्धन गर्नसके नेपालमा रोजगारी सिर्जना हुनुका साथै विदेश पलायन भइरहेका नेपाली विद्यार्थीहरुलाई नेपालमै रोक्न सकिने बताउनु भयो ।

अध्यक्ष मल्लले कुनैपनि विदेशी कम्पनी नेपालमा आउँदा कम्पनीमा ज्वाइन्ट भेन्चर्स सिस्टम लागू गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विदेशी कम्पनीहरुसँग नेपालका कम्पनीहरुले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशको अर्थतन्त्रको सूचक नकारात्मक रहेकाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लाग्नुपर्ने बताउनु भयो । उहाँले हहिले बैंकको ब्याजदर पनि घट्नसक्ने अवस्था रहेको बताउनु भयो ।

अध्यक्ष मल्लले बैंकहरुले ऋण प्रवाह गर्ने दर एउटै बनाउनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);