आरोप पुष्टी गर्न रविलाई कान्तिपुरको चुनौती | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

आरोप पुष्टी गर्न रविलाई कान्तिपुरको चुनौती

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका लाञ्छनाप्रति खेद प्रकट गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिनुभएको छ ।

अध्यक्ष सिरोहियाले मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले लगाएका लाञ्छनाको पाँच बुँदामा जवाफ दिदै आफुमाथि लगाएका आरोपलाई पुष्टी गर्न चुनौती दिनुभएको हो । नेपालको नागरिकताबिना सांसद र मन्त्री भएको सर्वोच्च अदालतबाट ठहर भइ पद गुमाउनु परेको, गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएको झोकमा तथा दोहोरो पासपोर्टसम्बन्धी प्रहरी अनुसन्धानलाई प्रभावित पार्न लामिछानेले समग्र नेपाली मिडियामाथि सुनियोजित प्रहार गरेको सिरोहियाले उल्लेख गर्नुभएको छ ।

लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गरी उनको विषयमा कानुनी रूपमा स्थापित तथ्यका आधारमा समाचार लेख्ने मूलधारका मिडिया, मिडिया सञ्चालक र पत्रकारहरूको नामै किटान गरी लाञ्छना लगाउनुभएको थियो ।

‘उहाँले आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचार आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जो कसैलाई पनि सह्य हुने छैन,’ अध्यक्ष सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । धम्कीकै कारण अन्यथा भए त्यसको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी र लामिछानेले लिनुपर्ने सिरोहियाले उल्लेख गरेका छन् । ’म सबैको सार्वजनिक अभिलेखमा राख्न चाहन्छु, लामिछानेले धम्की दिएझैं हाम्रा कुनै पनि पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरियो भने त्यसको जिम्मा उहाँ र उहाँकै पार्टीले लिनुपर्नेछ,’‘कान्तिपुरले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् ? मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु । के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ ?’ विज्ञप्तीमा भनिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);