स्वदेशी सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियम बनाउन सरकारसँग क्यान महासंघको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

स्वदेशी सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियम बनाउन सरकारसँग क्यान महासंघको माग

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले सरकारी निकायहरुमा स्वदेशमा नै बनेका सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियमहरु बनाउन सरकारसँग माग गरेको छ ।

क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले सरकारसँग सो माग राख्नु भएको हो । मंगलबारबाट काठमाडौंमा सुरु भएको २५ औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

शुन्य भन्सार दरमा आयात हुँदै आएका कम्प्युटरसम्बन्धि सबै सामानहरु मध्ये कम्प्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर केही समयदेखि भन्सार कर लगाउने गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष पोदारले त्यसलाई तत्काल हटाउन पनि सरकारसँग आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र भएका उद्योग क्षमता अभिवृद्धि गर्न तथा सरकारी कामकाजमा स्वदेशी सफ्टवेयरहरुको प्रयोग बढाउन नीति, नियमहरु बनाउन म अनुरोध गर्न चाहन्छु । त्यसैगरी कम्प्युटरसम्बन्धि सम्पूर्ण सामानहरु आयात गर्दा शुन्य भन्सार रहेकोमा केही समयदेखि कम्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर सोही अनुसारको भन्सार कर लगाउने गरिएकोमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

यही माघ २९ गतेसम्म चल्ने इन्फोटेक मेला सूचना प्रविधिसम्बन्धि चासो राख्नेहरुका लागि विशेष थलो हुने बताइएको छ । सो इन्फोटेकलाई करिव साँढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको पनि क्यान महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);