काठमाडौँका यी ठाउँमा अब 'स्मार्ट पार्किङ' | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

काठमाडौँका यी ठाउँमा अब ‘स्मार्ट पार्किङ’

smart parking

काठमाडौं, ३१ जेठ । राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ शुरु हुने भएको छ । अहिले यसको परिक्षण भइरहेको छ ।

स्मार्ट पार्किङ शुरु भएपछि सँधै पार्किङको समस्या हुने ती किनमेल वा घुमफिरका लागि जाँदै छन् भने अब त्यो अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

यो क्षेत्रमा जाने सवारीवाहक जो कोहीले अब पार्क केटिएम नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सक्नेछन् । “एप्समार्फत् पाइने मोबाइल नम्बरमा फोन गरेपछि ठाउँ तय हुन्छ,” ह्विल्स ट्रुली योर्स संस्थाका निर्देशक शैलेश कुँवरले भने, “तर १५ मिनेटमा पुगेन भने त्यो बुकिङ रद्द हुनेछ ।”

छिट्टै नै अनलाइन बुकिङ र पेमेन्टको सुविधा सहित स्र्माट पार्किङ सुरु हुने उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार