शुल्क महँगो र अव्यवस्थितका कारण स्मार्ट पार्किङप्रति सर्वसाधारण असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शुल्क महँगो र अव्यवस्थितका कारण स्मार्ट पार्किङप्रति सर्वसाधारण असन्तुष्ट

parking

प्रमिला खतिवडा

काठमाडौं, ८ कात्तिक । चाडबाड नजिकिएसंगै काठमाडौंका मुख्य सडकमा सवारी साधन पार्किङको समस्या पनि बढ्दै गएको छ । काठमाडौं महानगरपालिकाको सहकार्यमा सरकारले सवारी साधनलाई व्यवस्थित बनाउने उद्देश्यले स्मार्ट पार्किङको व्यवस्था लागु गरेपनि सवारी साधन धनी तथा सर्वसाधारण स्मार्ट पार्किङप्रति सन्तुष्ट भने हुन सकेका छैनन् ।

पार्किङ शुल्क महँगो र अव्यवस्थित भएको सर्वसाधारणको गुनासो छ । काठमाडौं महानगरपालिकाले २०७६ असार १ गतेदेखि सवारी साधनलाई व्यवस्थित गर्नै भनेर स्मार्ट पार्किङको सुरुवात गरेकोहो । विशेषगरी सवारी साधनको चापलाई मध्यनजर गर्दै काठमाडौंका न्युरोड, असन क्षेत्रपाटी, खिचापोखरी आसपासमा स्पार्ट पार्किङको व्यवस्था गरेकोहो । विधुतीय माध्यमबाट सवारी साधन राखेको समय अवधि हेरेर शुल्क लिने गरेको भएतापनि सर्वसाधारण भने केही समय राखेपनि घण्टाको हिसाबले लिने भएकाले महङ्गो भएको बताउँछन् । एक घण्टाको २५ रुपैया र त्यहाँ भन्दा माथि २५ का दरले तिर्नुपर्ने भएकाले दिनकै ५ सय रुपैयासम्म पनि पार्किङको तिर्नुपर्ने बाध्यता भएको गुनासो सर्वसाधारणको रहेकोछ ।

स्मार्ट पार्किङको प्रमख समस्या महङ्गो शुल्क भएकाले अफिसियल, व्यवसायिक, किनमेल गर्ने ग्राहक लगायत मानिसहरुको बर्गीकरण गरी शुल्क लिनुपर्ने केही सर्वसाधारणको भनाईछ । हेल्मेट नहराउने, बाइक चोरी हुने डर नहुने,ढुक्क हुने स्थिति भएपनि अझै पनि दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी राख्न ठाउँको भने समस्या हुने गरेको गुनासो रहेकोछ । स्मार्ट पार्किङका नाममा सडकनै ओगटेर पार्किङ गर्नुभन्दा छुटै स्थान बनाइनुपर्नै सर्वैसाधारणको सुझाव पनि रहेकोछ ।

विधुतीय माध्यमबाट सवारी साधन राखेको समायावधि हेरेर रकम लिने र सवारी साधन राख्ने ठाउँको व्यवस्थित गर्ने कर्मचारीको विशेष उपस्थित रहने गर्छ । इलेक्ट्रोनिक डिभाइसको माध्यमबाट बिल काटिने भएकाले जति समय पार्किङ गरेको समय हो त्यति बापतनै तोकिएको रकम लिने गरेको कर्मचारी बताउँछन् ।

सरकारले स्मार्ट पार्किङमा एकपटकमा ८ सय भन्दा बढी दुईपाङ्ग्रे तथा ५० भन्दा बढी चार पाङ्ग्रे गाडी पार्किङ गर्न सकिने व्यवस्था गरेको छ । सर्वसाधारणलाई सहजता हुने गरी बनाइएको स्मार्ट पार्किङ सुरु भएपछि केही सहज भएको छ । अहिलेको स्मार्ट पार्किङ अस्थायी प्रवृतिको भएकाले स्थायी प्रवृत्तिको न्यूरोडको भूगोलपार्कमा अटो लिफ्ट सिस्टम पार्किङ् छिटै बन्ने काठमाडौं महानगरपालिकाका प्रवत्ताको भनाई छ ।

काठमाडौंका सडकमा अस्तव्यस्त पार्किङ भएकाले आवतजावतमा समस्या, ट्राफिकमा समस्या भएकाले यस्ता पार्किङ्ले केही भएपनि राहत भने दिएको छ । यस्ता पार्किङ काठमाडौंका विभिन्न ठाउँमा हुनुपर्नै आवश्यकता देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);