काठमाडौंका विभिन्न स्थानमा 'स्मार्ट पार्किङ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंका विभिन्न स्थानमा ‘स्मार्ट पार्किङ’

दिपक बोहरा
काठमाडौं, १६ जेठ । काठमाडौँ महानगरपालिकाले सवारी साधनको अव्यवस्थित चापलाई मध्यनजर गर्दै बिहीबारदेखि शहरका विभिन्न स्थानमा ’स्मार्ट पार्किङ’ सुरु गरेको छ । साना ठूला गरी ८ सय सवारी साधन पार्किङ क्षमताको समार्ट पार्किङ शुरु भएसंगै मुख्य सहरी क्षेत्रमा सर्वसाधारणलाई सवारी पार्किङको समस्या नहुने विश्वास गरिएको छ ।

काठमाडौं महानगरले खिचापोखरी सडक, पाको सडक, प्युखा मार्ग, शुक्रपथ र धर्मपथ गरी पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो । पार्किङ गर्ने ठाँउमध्ये धर्मपथमा चार पाङ्ग्रे र बाँकी ठाउँमा दुई पाङ्ग्रे सवारी साधनका लागि व्यवस्था मिलाइएको छ ।

महानगरले ’ह्विल्स ट्रुली एयर्स’ सँग साझेदारी गरेर पाँच वर्षका लागि ’स्मार्ट पार्किङ’को सम्झौता गरेको काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी विभागका निर्देशक ध्रुव काफ्लेले जानकारी दिनुभयो । महानगरले गत वर्षदेखि नै स्मार्ट पार्किङ सुरु गर्ने योजना बनाउने भन्दै आएको थियो । तर यस सम्बन्धमा सेवाग्राहीलाई भने पार्किङ शुरु भईसक्दा पनि जानकारी छैन ।

स्मार्ट पार्किङ’का सेवा स्मार्ट फोन प्रयोगकर्ताले ’केटीएम पार्क’ एप डाउनलोड गरी वा स्मार्ट फोन प्रयोग नगर्ने सेवाग्राहीले सिधै टोल फ्री नम्बरको सहयोगमा बुकिङ गर्न सक्नेछन् । सेवाग्राहीले १५ मिनेटभित्र आफूले पार्किङ बुक गरेको स्थानमा पुग्नु पर्ने एप निर्माणकर्ता प्रज्वल थापाले बताउनु हुन्छ ।

अटोमेटिक बिलिङ मिसिन’द्धारा पार्किङबाट उठेको पैसाको रसिद दिइने भएकाले यसबाट हुने आम्दानीको खर्च पारदर्शी हुने बताइन्छ । पार्किङ गरेको शुल्कको कूल आम्दानीको २० प्रतिशत रकम महानगरलाई र ८० प्रतिशत साझेदार कम्पनीले पाउनेछ ।

हाललाई पाँच स्थानबाट सुरु भएको यो स्मार्ट पार्किङ’का कार्यक्रम निकट भविष्यमा अरू स्थानमा समेत विस्तार गरिने बताईएको छ । ’स्मार्ट पार्किङ’ आफैमा स्मार्ट होईन । जबसम्म हाम्रो मानसिकता स्मार्ट हुंदैन तबसम्म यस्ता योजनाहरु दीर्घकालीन रुपमा व्यवस्थित नहुन सक्छ ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);