४ किलो गाँजासहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

४ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले प्रतिबन्धित लागुऔषध ४ किलो गाँजासहित १ जना पक्राउ गरेको छ । शुक्रबार बिहान धादिङबाट काठमाडौं तर्फ आउँदै गरेको बा ४ ख ४४४७ नं. को यात्रु बाहक बसबाट प्रहरीले धादिङ गजुरी गाउँपालिका–४ पेडा बस्ने २० वर्षीय संजय लामालाई ४ किलो गाँजासहित पक्राउ गरेको हो ।

काठमाडौं महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट परिचलित प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक प्वाईन्टमा उक्त बसलाई रोकी चेकजाँच गर्ने क्रममा लामाले आफू बसेको सीट मुनि जेब्रा झोलाभित्र प्लाष्टिकको झोलामा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लामा उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);