२ सय ८५ किलो गाँजासहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

२ सय ८५ किलो गाँजासहित ३ जना पक्राउ

gaja

काभ्रे,२३ माघ । २ सय ८५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । पनौती नगरपालिका–५ आईटी पार्कस्थित सडकबाट २ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका–११ घर भई काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप, रामेछाप नगरपालिका–८ घर भई काठमाडौं बालाजु डेरा गरी बस्नेहरू २० वर्षीय संजिब तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन् ।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा।६ च २९६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा प्लाष्टिकको ७३ वटा बोरामा रहेको उक्त परिमाणको अप्रशोधित गाँजा फेला पारी चालक बुद्धमान र गाडीमा सवार संजिब र बिमलालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);