८९ किलो गाँजासहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

८९ किलो गाँजासहित चार जना पक्राउ

gajasahit pakrau

पर्सा,  १४ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगंजमहानगरपालिका वडा नं.२५ ड्राईपोर्ट बहुअरी नजिकबाट मंगलबार भारतीय नं. को जिपमा गाँजा ओसार्दै गरेको अवस्थामा चारजनालाई पक्राउ गरेको हो ।

लागुऔषध गाँजा ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा बीआर २८ जी २७७० नम्बरको बोलेरो गाडीको तल फल्सबटम बनाई लुकाईराखेको अवस्थामा गाँजा फेला पारेको हो ।

५० वटा पोकामा रहेको ८९ केजी गाँजा बरामद भएको पर्साका प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);