बाबुआमा जीवित रहुँनजेल सन्तानले सम्पत्तिमाथि हक दावी गर्न नपाउने कानुनी व्यवस्थाको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाबुआमा जीवित रहुँनजेल सन्तानले सम्पत्तिमाथि हक दावी गर्न नपाउने कानुनी व्यवस्थाको माग

mahila sammiti-aamabuba sampati

काठमाडौं, १४ साउन । प्रतिनिधिसभाका सांसदहरुले बाबुआमाको जीवन रहेसम्म सन्तानले उनीहरुको सम्पत्तिमाथि हक दावी गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धि ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिदै सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले जीवन रहेसम्म बाबुआमाको सम्पत्तिमाथि सन्तानले हक दावी गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो उहाँले सन्तानले हकदावी गरेर बाबुआमाको सम्पत्ति लिने प्रचलित कानुनी व्यवस्था तत्काल हटाउनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

बैठकमा नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले गरिव ज्येष्ठ नागरिकको सम्पूर्ण जिम्मा लिने गरी सरकारले सबै स्थानीय तहमा अनिवार्य रुपमा ‘वद्धवृद्धा सेवा केन्द्र’ स्थापना गर्नुपर्ने प्रस्ताव अघि सार्नु भयो ।

त्यसैगरी नेपाली काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले ज्येष्ठ नागरिकहरुको आवाज सुनुवाईका लागि सबै संस्थाहरुमा उनीहरुको अनिवार्य प्रतिनिधित्व हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);