भाद्र ८ र ९ गते राजधानीमा एजुकेशन फेयर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भाद्र ८ र ९ गते राजधानीमा एजुकेशन फेयर

काठमाडौं, ६ भदौ । अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स एकाले राजधानीको दरवारमार्ग स्थित होटल अन्नपूर्णमा दोस्रो एजुकेशन फेयर मेला गर्ने भएको छ ।

बुधबार काठमाडौंमा अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स एकाले पत्रकार सम्मेलन गरी उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि मध्यनजर गरेर मेलाको आयोजना गर्ने जनाएको छ ।

एकाले दोस्रो एजुकेशन फेयर भाद्र ८ र ९ गते राजधानीको दरवारमार्ग स्थित होटल अन्नपूर्णमा गर्ने भएको छ । मेलामा अष्ट्रेलियाका सात ओटा कलेज तथा २२ वटा शैक्षिक परामर्शदाताहरुको सहभागी सहित ३० वटा स्टल रहने छन् । अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स एकाका अध्यक्ष निरज श्रेष्ठले शैक्षिक मेला २ दिनसम्म हुने बताए ।

दोस्रो एजुकेशन फेयर मेलाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी र अभिभावकहरुका लागि ठूलो अवसर उपलब्ध हुने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);