अष्ट्रेलियन एजुकेशन डे २०१७ बुधबारबाट राजधानीमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

साउन २५ , काठमाण्डौँ । एईसीसी ग्लोबलद्धारा आयोजित अष्ट्रेलियन एजुकेशन डे २०१७ बुधबारबाट राजधानीमा सुरु भएको छ ।

अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा भेटी विद्यार्थी तथा अभिभावकमा भर्ना, छात्रवृति र भिषा डकुमेन्टेसन लगायतका विषयमा रहेका जिज्ञासा हटाउने उदेश्यले अष्ट्रेलियन एजुकेशन डे आयोजना गरिएको आयोजकले जनाएको छ । राजधानीको होटल याक एण्ड यतिमा बुधबारबाट सुरु भएको अष्ट्रेलियन एजुकेशन डे २०१७ मा २७ ओटा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

बुधबारबाट सुरु भएको अष्ट्रेलियन एजुकेशन डे शुक्रबार सम्म चल्ने आयोजकले जनाएको छ । सन् २००८ मा स्थापना भएको एईसीसी ग्लोबलले स्थापनाकाल देखि नै निरन्तर रुपमा अष्ट्रेलियन एजुकेशन डे आयोजना गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);