जहाँ पुलिसको भेषमा आउँछन् बलात्कारी, गर्भवती महिला बनिन् सामुहिक बलात्कारको सिकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२४ साउन, काठमाण्डौँ । ‘ह्युमन राईट वाच’ को सर्वे अनुसार पूर्वी अफ्रिकन देश सोमालिया महिलाहरुका लागि विश्वकै पाचौँ खतरा देश हो । यहाँ महिलाका लागि बलात्कारको पीडा सहनु सामान्य नै भईसकेको छ ।

 

उक्त संस्थाका अनुसार यहाँ बलात्कारी प्रहरीको भेषमा आउने गर्छन् । यतिमात्र नभई कमजोर कानुनका कारण यहाँ पीडित महिलाले उजुरी समेत गर्न पाउँदैनन् । राजनीतिक अस्थिरताको कारण सोमालियामा अधिकांश मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । जसको कारण उनीहरु अस्थायी टेन्टमा बस्दै आएका छन् । असुरक्षित बासस्थानका कारण नै यहाँका महिला बलात्कारको सिकार हुन बाध्य भएका छन् ।

 

‘युनाईटेड नेशन्स’को रिपोर्ट अनुसार सन् २०१३ को पहिलो ६ महिना भित्र मात्र यहाँका ८०० महिला बलात्कारको सिकार भएका छन् । यो तथ्यांक पूरै देशको नभई सोमालियाको राजधानी मोगाधीशुको मात्र हो । बलात्कार गर्ने पुरुषले सजाएँ नपाउनु नै बलात्कारको घटना बढ्दै जानुको प्रमुख कारण मानिएको छ ।

३७ बर्षीय मरयम नामकी ५ महिनाकी गर्भवती महिला केही दिनको अन्तरालमा दुई पटकसम्म सामुहिक बलात्कारको सिकार बनिन् । उनी उजुरी गर्न पुलिस स्टेशन पुगेपनि उनको आवाज सुन्ने कोही भेटिनन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);