बलात्कारको आरोप लागेका पू्र्व क्याम्पस प्रमुख कारागार चलान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बलात्कारको आरोप लागेका पू्र्व क्याम्पस प्रमुख कारागार चलान

बैतडी । बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख राजेन्द्र नेगी कारागार चलान भएका छन । नेगीलाई जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । उनलाई बलात्कारको आरोपमा साउन १ गते प्रहरीले पक्राउ गरेको थियो । कैलाली घर भइ पुर्चौडीमा मजदुरी गर्दै आएकी महिलाले गत असार २० गते पानी माग्ने निहुँमा आफूलाई नेगीले जबरजस्तीकरणी गरको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा नेगी साउन १ गते पक्राउ परेका थिए । क्याम्पस प्रमुख पदको जिम्मेवारीमा रहेका नेगीले बलात्कारको आरोप लागेपछि असार २७ गते क्याम्पस प्रमुख पदबाट राजीनामा दिईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);