आयल निगमको जग्गा खरिदमा अनियमितता गर्नेलाई कारबाही गरि छाड्नेः आपुर्ति मन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साउन २२ , काठमाण्डौँ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमका लागि जग्गा खरिदमा अनियमितता गर्नेलाई जुनै हालतमा पनि कारबाही गरि छाड्ने बताउनुभएको छ ।
मन्त्री मण्डलले बरु आफूले मन्त्री पद त्याग्ने तर, दोषीलाई कारबाही गरेर छोड्ने बताउनुभयो । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला गुग्नुभएका मण्डलले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षीप्त कुराकानी गर्दै जग्गा खरिद प्रकरणमा दोषी ठहर भएको खण्डमा निगमका जो सुकैलाई पनि कारबाही गर्ने बताउनुभयो । मन्त्री मण्डलले घटनाको छानबीन नगर्न दवाव आए पनि आफु सत्य तथ्य पत्ता लगाएर कारबाही अघि बढाउने पक्षमा रहेको बताउनुभयो ।

मन्त्री मण्डलले मन्त्रालय छोड्नु पर्ने अवस्था आयो भने बरु पद त्याग गर्न आफु तयार रहने, भ्रष्ट्रातारीलाई उन्मुक्ति नदिने बताउनुभयो । लेखा समितिले जग्गा खरिदमा अनियमिता भएको भन्दै अख्तियारमा पठाएको र आफूले पनि आन्तरिक छानविन गर्न निर्देशन दिइसकेको मन्त्री मण्डलले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);