पद त्याग्न तयार छु तर आयल निगममा अनियमितता गर्नेलाई छाड्दिँनः आपूर्तिमन्त्री मण्डल | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

२२ साउन, बिराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमका लागि जग्गा खरिदमा अनियमितता भएको पुष्टि भएमा कारबाही गर्न आफू पछाडि नहट्ने बताएका छन् ।

 

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका मण्डलले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने – ‘बरु मन्त्री पद त्याग्न तयार छु तर दोषीलाई कारबाही गरेरै छाड्छु ।’

यदि जग्गा खरिदमा अनियमितता गरेको ठहर भएको खण्डमा कारबाही गर्ने कुरामा मन्त्रालय दृढतापूर्वक अघि बढ्नेमा कसैले शंका नगर्न समेत आग्रह गरे ।

दोषी पाएपनि कारबाही गर्नेमा केहीले शंका गरेको भन्दै उनले भने, जो सुकैको फोन आएपनि, मन्त्रालय छोड्नु पर्ने अवस्था आयो भनेपनि छोड्छु । दोषीलाई छोड्ने कुरा छैन ।’

लेखा समितिले जग्गा खरिदमा अनियमिता भएको भन्दै अख्तियारमा पठाएको र आफूले पनि आन्तरिक छानविन गर्न निर्देशन दिइसकेको उनले बताएका छन् ।

समितिले खरिद गरिएका जग्गाहरु वास्तविक जग्गाधनीहरुसँग नगरी एजेन्टमार्फत बोलपत्रको माध्यमबाट गर्दा कैयौं गुणा महंगो परेको ठहर गरेको छ ।