आयल निगमको जग्गा खरिदमा अनियमितता भएको पुष्टि भए कडा कार्वाही गर्छु : आपूर्ति मन्त्री मण्डल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

२० साउन, काठमाण्डौँ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको पुष्टि भए कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।

 

मन्त्री मण्डलले संसदीय समितिहरुले जग्गा खरिद प्रकरणका विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएकाले त्यसमा आफूले धेरै बोलिरहन नमिल्ने पनि स्पष्ट पार्नु भयो । आयल निगमको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक घोटाला भएको आशंका गर्दै संसदीय समितिहरुले छानबिन प्रक्रिया अघि बढाएका छन् । मन्त्री मण्डलले संसदीय समितिहरुको दिएको निर्देशन भित्र रहेर आयल निगम भित्र अनियमितता भएको पाईए कानुन अनुसार कार्वाही गर्न आफूले एक मिनेट पनि ढिलाई नगर्ने दृढता पनि व्यक्त गर्नु भयो । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आयल निगम भित्रको अनियमितता अन्त्य गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई सहज बनाउन पनि आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

 

आपूर्ति मन्त्री मण्डलले अतिआवश्कीय वस्तुको अभाव हुन नदिने दृढता पनि व्यक्त गर्नु भयो । उहाँल दशैँ, तिहार जस्ता चाडपर्वका बेला अत्यावश्यकीय वस्तुको अभाव हुन नदिने गरी उचित व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिइएको पनि जानकारी दिनु भयो । उहाँले बजारमा कृतिम अभाव हुन नदिन पनि आफूले उच्च सतर्कता अपनाएको पनि उल्लेख गर्नु भयो । उहाँले कालाबजारी गर्नेहरुमाथि कडा कार्वाही हुने गरी ऐन संशोधन गर्न आफू लागि परेको पनि बताउनु भयो ।

 

मन्त्री मण्डलले दूर्गम क्षेत्रमा खाद्यान्न समयमै उपलब्ध गराउन पनि आफूले मातहतका निकायलाई सचेत गराएको पनि बताउनु भयो । उहाँले दूर्गम क्षेत्रमा खाद्यान्न अभाव हुन नदिन आवश्यक स्रोत र साधनको व्यवस्था गर्न लागिएको पनि उल्लेख गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);