राजपा सहभागी नभएपनि निर्वाचन रोकिँदैन : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी आसन्न सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।प्रधानमन्त्री देउवाले राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि निर्वाचन भने नरोकिने पनि स्पष्ट पारे ।

असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचन हुँदैछ । प्रधानमन्त्री देउवाले राष्ट्रिय जनता पार्टीलाई निर्वाचन आउन आफूले पटक–पटक आग्रह गर्दै आएको बताए । शुक्रबार जनकपुरमा स्थानीय संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

प्रदेश नम्बर २ को चुनावमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर अघि बढने विषयमा छलफल भईरहेको उनले बताए । उनले मधेश केन्द्रित दलहरुले चाहे उनीहरुसँग पनि प्रदेश नम्बर २ को निर्वाचनमा तालमेल गरेर जान काँग्रेस तयार रहेको बताए ।

प्रधानमन्त्री देउवाले प्रदेश नम्बर २ मा आफनो पार्टी पहिलो शक्ति बन्ने दावी गरे । उनले काँग्रेस मधेशवादी पार्टी भएकाले मधेशका जनताले पहिलो शक्ति बनाउने बताए ।

नेपाली काँग्रेसले प्रदेश नम्बर २ को निर्वाचनलाई लक्षित गरेर विहिबार प्रदेश नम्बर दुई स्तरीय भेला विहिबार जनकपुरमा सम्पन्न गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);