भरतपुर महानगरपालिका वडा नम्वर १९ को मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २०, काठमाडौँ । भरतपुर महानगरपालिका वडा नम्वर १९ मा आज पुन: मतदान सुरु भएको छ। आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा झरीको प्रवाह नगरी मतदाताहरु मत खसाल्न उपस्थित भएका छन् । मतदान बेलुकी पाँच बजेसम्म जारी रहने जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ।

Bharatpur Election

६ वटा मतदान केन्द्र रहेको वडा नम्बर १९ मा अहिले सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । मतदानस्थल अतिसम्वेदनशिल भएकाले सुरक्षाको घेरामा मतदान सुरु भइरहेको निर्वाचन आयोगले जनाएको छ।


१९ नम्बर वडाको मतगणना जारी रहँदा जेठ १४ गते माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि उत्पन्न विवादमा परेको रिटमाथि सर्वोच्च अदालतले गरेको फैसला अनुसार निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय लिएको थियो। सोही अनुरुप आज पुन मतदान गरिएको हो ।

 

भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन्। यहाँ माओवादी केन्द्रले कांग्रेससँग चुनावी तालमेल गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);