राष्ट्रियसभा सदस्य चयनका लागि मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

राष्ट्रियसभा सदस्य चयनका लागि मतदान जारी

matadan kendra

काठमाडौं, २४ माघ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्य चयनका लागि मतदान जारी छ । प्रदेश नम्बर २ मा सबै सदस्य सर्वसम्मत भएकाले बाँके ६ वटा प्रदेशमा आज निर्वाचन गरिएको हो । मतदानका लागि आज विहान १० बजे देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । अहिले प्रदेश १ को विराटनगर, ३ को ललितपुर, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को डोटीमा मतदान जारी छ । पोखरामा भएको प्रदेश नम्बर ४ को निर्वाचनमा भने मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन सकिएसँगै सबै प्रेदशमा मतगणना सुरु हुनेछ । बिहीबारबाटै परिणाम आउन सुरु हुने र शुक्रबारभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने निर्वाचन आयोगले जनाएको छ । यसैबीच प्रदेश नम्बर १ मा एक सांसद रहेको संघीय लिम्बुवान मञ्चले मतदान नगर्ने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);