६८औ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

६८औ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने सरकारको तयारी

काठमाडौं, २४ माघ । सरकारले ६८औ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठित प्रजातन्त्र दिवस मूल समारोह समितिको बुधबार बसेको बैठकले ६८ औं प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन ६, ७ र ८ गते ३ दिनसम्म देशभर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

यसै अवसरमा फागुन ७ गते काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा विशेष समारोह आयोजना हुनेछ । प्रजातन्त्र दिवसलाई देशभर भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री देउवाले जानकारी दिए । प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अब राजनीतिक स्थायीत्व कायम हुने विश्वास व्यक्त गरे ।

प्रजातन्त्र दिवसलाई भव्यताका साथ सम्पन्न गर्न प्रचारप्रसार उपसमिति, मञ्च सजावट तथा व्यवस्थापन उपसमिति र ग्राउन्ड, कवाज, व्यायाम व्यवस्थापन समन्वय उपसमिति पनि गठन गरिएको छ । विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्यदुताबासहरुमा पनि प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाईनेछ । गृह मन्त्रालयका अनुसार प्रदेश र स्थानीय तहमा पनि प्रजातन्त्र दिवस मनाउनका लागि विभिन्न समितिहरु गठन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);