लोडसेडिङ अन्त्य पछी औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लोडसेडिङ अन्त्य पछी औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव

काठमाडौं, २४ माघ । लोडसेडिङ अन्त्य भएसँगै औद्योगिक क्षेत्रमा सकारात्मक संकेत देखापरेका छन् । ऊर्जा आपूर्तिमा वृद्धि, बन्द हड्तालमा कमी तथा औद्योगिक श्रम सम्बन्धमा सुधार आउँदै जाँदा उत्पादन क्षेत्रमा सकारात्मक संकेत देखिएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा भन्दा गत आर्थिक वर्षमा औद्योगिक क्षमता ९ दशमलव १ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा औद्योगिक क्षमता ४८ दशमलव २ प्रतिशत रहेकामा गत आर्थिक वर्षमा ५७ दशमलव ३ प्रतिशत पुगेको हो ।

लोडसेडिङ अन्त्यको सबैभन्दा बढी लाभ पस्मिना उद्योगले लिएको छ । समीक्षा अवधिमा पस्मिना उद्योगले ९८ दशमलव ५ प्रतिशत क्षमता उपयोग गरेको तथ्यांकले देखाएको छ । बीयर उद्योगको उपयोग क्षमता भने केही घटेको छ । अघिल्लो वर्ष ८८ प्रतिशत क्षमता उपयोग गरेको बीयर उद्योगले गत वर्ष ८२ दशमलव १ प्रतिशतमात्र क्षमता उपयोग गरेको छ ।

राष्ट्र बैंकका अनुसार चामल उद्योगले सबैभन्दा कम अर्थात् २८ दशमलव ८ प्रतिशतमात्र क्षमता उपयोग गरेको छ । सहज विद्युत् आपूर्तिपछि सिमेन्ट तथा छड उद्योगको क्षमतामा समेत उल्लेख्य वृद्धि भएको देखिन्छ । सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेन्ट उद्योग धेरै वर्षपछि नाफामा गएका छन् । ऊर्जा आपूर्तिमा वृद्धि, बन्द हड्तालमा कमी तथा औद्योगिक श्रम सम्बन्धमा सुधार आउँदै जाँदा उत्पादन क्षेत्रमा सकारात्मक संकेत देखिएको राष्ट्र बैंकले जनाएको छ ।

उद्योगीहरूले पनि ऊर्जाको नियमित आपूर्ति नै औद्योगिक क्षमता वृद्धिको मुख्य कारक भएको बताएका छन् । यससँगै वित्तीय संस्थाले औद्योगिक क्षेत्रको कर्जा प्रभाव २१ प्रतिशतले वृद्धि गरेका छन् । केन्द्रीय बैंकका अनुसार औद्योगिक क्षेत्रको लगानी ६ खर्ब ३७ अर्ब १८ करोड रूपैयाँ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);