गल्छी–रसुवागढी सडक समयभित्र पूरा गर्न तिब्र गतिमा काम हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

गल्छी–रसुवागढी सडक समयभित्र पूरा गर्न तिब्र गतिमा काम हुँदै

सालिकराम चालिसे
नुवाकोट, २४ माघ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको ‘गल्छी–त्रिशूली–मैलुङ –स्याफ्रुबेँसी –रसुवागढी’ सडक तोकिएको समयभित्र पूरा गर्न तिब्र गतिमा काम भइरहेको छ । काम सुस्त भएपछि दैनिक ८ घण्टा सवारी साधन सञ्चालनमा रोक लगाएर काम भइहरेको हो ।

२०७३ पुस १ देखि सडकको स्तरोन्नती तथा विस्तारको काम सुरु भएको हो । २१ महिनामा काम पूरा गर्नुपर्ने भएपनि अहिलेसम्म १८ प्रतिशत मात्र सडक बिस्तार भएको छ । काम निराशाजनक भएपछि अहिले दैनिक ८ घण्टा यातायात सञ्चालनमा रोक लगाएर काम भइरहेको हो ।

गल्छीबाट शुरु भएर चीनसँगको सिमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनको र धादिङको गल्छी बजार र नुवाकोटको गँगटेदेखि ढुङ्गे बजारसम्म चार लेन बनाउन लागिएको छ । आयोजनाले मुख्य बजार क्षेत्रहरुको सडकमा पर्ने घरहरुको रेखाङकन गरिरहेको छ । तर बजार क्षेत्रका स्थानीय र व्यवसायीले आफ्नो घर हटाउनुपर्ने भएपछि बैकल्पिक सडकको व्यवस्था गर्न माग गरेका छन् ।

कतिपयले भने सडक बिस्तारलाई छिटो सम्पन्न गर्न प्रभवितलाई क्षतिपूर्ति दिएर बाटो बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटर सडक ठेक्का पाएका तीन कम्पनीमध्ये टुण्डी निर्माण कन्स्ट्रक्सनले काम गर्दै आएको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १८ किलोमिटर सडक नेपाली सेना र बाँकी स्याफ्रुबेँसीबाट रसुवागढी सम्मको १८ किमी सडक चीन सरकारले बनाइ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);