चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेसी सडकको ट्रयाक खोल्ने काम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेसी सडकको ट्रयाक खोल्ने काम सम्पन्न

china

काठमाडौं, ६ जेठ । चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेसी सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।

नेपाली सेनाले तीन वर्ष लगाएर २३ किलोमिटर लामो सडकको ट्रयाक खोलेको हो । २३ मध्ये सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर खण्डमा एक लेनको तथा बाँकी खण्डमा दुई लेनको ट्रयाक खोलिएको छ । ट्रयाक निर्माणमा ७० करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । ट्रयाक खोलिएको सडक नेपाली सेनाले आज सरकारलाई हस्तान्तरण गर्दै छ ।

गल्छी त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिनु पहिले रक्षामन्त्री ईश्वर पोखरेलले सडकको उद्घाटन गर्ने कार्यक्रम छ । नेपाली सेनाले नवनिर्मित सडकमा वर्षाको समयमा दुई वर्षसम्म सवारी साधन सञ्चालन गर्न नमिल्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);