युवाहरुलाइ स्वरोजगार बनाउन सरकारले निती तथा कार्यक्रम ल्याउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युवाहरुलाइ स्वरोजगार बनाउन सरकारले निती तथा कार्यक्रम ल्याउने

jagat bishokarma

काठमाडौं, ६ जेठ । युवा तथा खेलकुद मन्त्री जगत सुनुवार बिश्वकर्माले युवाहरुलाइ स्वरोजगार बनाउन सरकारले निती तथा कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।

द्रोस्रो युवा कुषि उद्यम सम्मेलनको आइतबार राजधानीमा उद्धघाटन गर्दै मन्त्री बिश्वकर्माले सरकारले छिटै नै युवा स्वरोजगारको निती तथा कार्यक्रम ल्याउन गृहकार्य भइरहेको बताए । उनले सरकारले समृद्ध राष्ट्रको निर्माण गर्न तर्फ लागी परेको भन्दै यसका लागी युवाहरु जागरुप हुनुपर्ने बताए ।

उनले कृषि व्यवसायलाइ आधुनिकीकरण गरेर बिदेशीएका युवाहरुलाइ नेपाललमै रोजगारीको सृजना गर्ने दावी गरे । कार्यक्रममा फोर एचका अध्यक्ष लोकराज अवस्थीले सराकरले कृषि निती ल्याएर युपाहरुलाइ कृषि उघमी तर्फ आर्कर्षित गर्नुपर्नेमा जोड दिए । उनले कृषिलाइ राष्ट्रिय सरोकारको बिषय बनाएर कृषिमा आधुनिकीकरण गर्नुपर्ने बताए । कार्यक्रम दुइ दिन सम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);