कृषिजन्य उत्पादनमा नेपालको परनिर्भरता वर्षेनी बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कृषिजन्य उत्पादनमा नेपालको परनिर्भरता वर्षेनी बढ्दै

सन्दिप शर्मा,
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा ६४ अर्ब भन्दामाथिको धान, मकैलगायतको अनाज मात्रै आयात भएको छ । कुल जनसंख्याको ६० प्रतिशत हिस्सा कृषि पेशामा आश्रित हुँदा यति ठूलो परिमाणमा अनाज मात्रै आयात हुनुले कृषिप्रधान मुलुकको बासिन्दा भनी चिनिएको हाम्रो पहिचानमाथि नै प्रश्न उठेको छ ।

देशको जनसंख्याको ठूलो हिस्सा कृषि पेशमा संलग्न भए पनि कृषिजन्य उत्पादनमा नेपालको परनिर्भरता वर्षेनी बढ्दै गएको छ । भन्सार विभागको तथ्याङ्कले समेत उक्त कुरालाई पुष्टि गर्छ । विभागको तथ्यांकअनुसार नेपालले विभिन्न देशहरुबाट चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो दश महिनामै ६४ अर्ब १० करोड रुपैयाँ भन्दा धेरैको धान, चामल, मकै र गहुँ विभिन्न देशबाट आयात गरेको भन्सार विभागका सुचना अधिकारी पुण्यविक्रम खड्काले बताए । त्यसैगरी ३१ अर्ब ४८ करोड तरकारी र २० अर्ब ८५ करोड फलफुल पछिल्लो १० महिनामा आयात भएको खड्काले जानाकारी दिए । दूग्ध पदार्थ र माछामासुको आयातको आँकडा थपियो भने अरु दशौं अर्ब रुपैयाँ यसमा थपिन आउँछ । यसरी ठूलो मात्रामा खाद्यान्न, तरकारी, फलफुल तथा माछामाुस विदेशी मुलुकबाट आयात गरिनुले हाम्रो कृषि पेशा जिविकामुखी मात्रै रहेको प्रष्ट पार्छ । कतिपय अवस्थामा स्वदेशी कृषि उत्पादनले यातायातको असुविधाको कारणले बजारसम्म आउन नपाइ कुहिने तर अन्य मुलुकबाट त्यही उपज ठूलो मात्रामा आयात गर्नुपर्ने बिडम्बना छ ।

नेपाललाई प्रत्येक वर्ष ६० लाख मेट्रिन खाद्यन्न सामाग्री आवश्यक पर्छ । ५० लाख मेट्रिन जति मात्रै खाद्यन्न हामीले उत्पादन गर्नसक्ने हुनाले प्रत्येक वर्ष १० लाख मेट्रिन खाद्य सामग्री विभिन्न मुलुकमार्फत नेपालमा ल्याउने गरिन्छ । कृषि उत्पादनमा आधुनिकीकरण र यान्त्रिकीकरण हुन नसक्नु, कृषि उत्पादन खासगरी आफ्नो घरपरिवारको गर्जो टार्नेमा मात्रै सीमित हुनु र सरकारले ल्याउने बजेट पनि वास्तविक किसानको हितमा नहुनाले कृषि उत्पादन घटिरहेको अर्थविद् प्रा.डा. दिलनाथ डंगोल बताउन्छन् ।

कृषि क्षेत्र सुधार गर्नका लागि सबै भन्दा पहिला सरकार ईमान्दार बन्नु पर्ने डंगोलको तर्क रहेको छ । सरकारले उत्पादनमा यान्त्रिकिकरण र यसको बजारीकरण गर्ने, समयमै मल बीउ उपलब्ध गराउने योजना ल्याएमा कृषि उपजको बढ्दो परनिर्भरता घटाउनसक्ने उनको सुझाब रहेको छ ।

जनसंख्याको आधा भन्दा बढी जनताले कृषि पेशा अंगाल्दा पनि नेपाल खाद्यान्नमा आत्मनिर्भर नहुनु दुर्भाग्यपूर्ण अवस्था हो । सरकारले बेलैमा किसानको मर्का बुझी सिंचाई सुविधासहित गुणस्तरीय बीउबिजन र समयमै मल मात्रै किसानलाई उपलब्ध गराउन सके, कृषि पेशा सम्मानित पेशाको रुपमा स्थापित हुने थियो । सरकारले युवा पुस्तालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने निती तथा कार्यक्रममा समेटेको छ । तर हालको अवस्थामा युवाहरुको कृषि पेशा प्रति त्यती धेरै आर्कषण देखिएको छैन । ठूलो मात्रामा कृषि उपजको उत्पादन गर्न युवा पुस्तालाई आकषित गर्नसके मुलुकको समग्र खच्किदै गएको अर्थतन्त्रमै सुधार हुने देखिन्छ ।

भिडियो रिपोर्ट :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);