सवै प्रदेशमा ’कृषि फार्म’ स्थापना गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सवै प्रदेशमा ’कृषि फार्म’ स्थापना गर्ने सरकारको तयारी

chakra pani khanal

काठमाडौं, ६ जेठ । सरकारले सवै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्ने भएको छ । आईतबार प्रदेशका कृषि मन्त्रीहरुसँग् सामूहिक भेटगरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सातवटै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्नेगरी बजेटको व्यवस्था गर्न लागिएको जानकारी दिए ।

मन्त्री खनालले पीछडिएका कृषकहरुलाई माथि उठाउन ‘कृषि फार्म’ जरुरी रहेको बताए । त्यस्तै किसानलाई पेन्सन उपलब्ध गराउन आवश्यक मापदण्ड तोक्ने विषयलाई पनि सरकारकाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

मन्त्री खनालले प्रदेश र स्थानीय सरकारमाथि हस्तक्षेप नहुने गरी बजेटको व्यवस्था गर्न लागिएको स्पष्ट पारे । उनले साना किसानलाई सोझै अनुदान पाउने व्यवस्था हुनेगरी कार्यविधि बनाउन लागिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);