सामुदायिक रेडियोको प्रसारण निती स्पष्ट बनाउन सरोकारवालाहरुले सरकारसग आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सामुदायिक रेडियोको प्रसारण निती स्पष्ट बनाउन सरोकारवालाहरुले सरकारसग आग्रह

radio janani

काठमाडौं, १४ जेठ । सामुदायिक रेडियोको प्रसारण निती स्पष्ट बनाउन सरोकारवालाहरुले सरकारसग आग्रह गरेका छन ।

सोमबार राजधानीमा आयोजीत सामुदयिक रेडियो प्रसारण निती सम्बन्धी कार्यक्रममा सहभागीहरुले सरकारले समयमै समुदायिक रेडियो प्रसारण निती नबनाउदा जथाभावी रेडियो खोलेको र जिम्बेवारी बहन नगरेको बताएका थिए । कार्यक्रममा सुचना तथा संचार प्रबिधी राज्यमन्त्री गोकुल बास्कोटाले चाडै सामुदायिक रेडियो प्रसारण नीति ल्याउने तयारी भइरहेको बताए ।

उनले कर्मशियल रेडियो र सामुदायिक रेडियोको बर्गिकरण गरेर नीति बनाउने बताउदै सामुदायिक रेडियोलाइ प्रबृधि युक्त बनाउने तर्फ जोड दिए । उनले सामुदयिक रेडियोले धर्म संस्कृति भाषा र स्थानिय जनभावनाको कदर गर्दै कार्यक्रम संचालन गर्नुपर्ने बताए । हाल नेपालमा जम्मा ३६५ सामुदायिक रेडियोहरु संचालनमा रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);