डडेल्धुरामा डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

डडेल्धुरामा डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना

डडेल्धुरा, १२ जेठ । डडेल्धुराको अमरगढी नगरपालिकाले नगर डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना गरेको छ । जनतालाई सुसूचित पार्ने र अमरगढी नगरपालिकालाई सूचना प्रविधिसँग जोड्ने उद्दश्यले नगरपालिकाले नगर डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना गरेको हो ।

केन्द्रको उद्घाटन गर्दै प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रविधिबाट जनताको काम गर्न सहज हुने बताए ।

नगरपालीकाका प्रमुख विशेश्वरप्रसाद ओझाले प्रविधि केन्द्रको स्थापनासँगै नगरपालिकाले निर्णय तथा कार्यक्रमको बारेमा सजिलै जानकारी पाउन सकिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);