सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना

बुटवल, २१ चैत । रूपन्देही बुटवल उपमहानगरपालिका वडा न.३, गोलपार्कमा सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना भएको छ । सार्वजनिक शौचालय समेत रहेको सेवा केन्द्र स्थापना संगै प्रहरी देखि स्थानियहरु हर्षित भएका छन् ।

लामो समय देखी अस्थायि टहरोमा प्रहरी विट सञ्चालन हुदै आएको बुटवल ३ गोलपार्कमा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन निर्माण पश्चिात सहज हुने भएको छ । शुक्रवार बुटवल उपमहानगरपालिका नगरप्रमुख शिवराज सुवेदीले भवनको उद्घाटन गर्नुभएको हो ।

बुटवल बजरलाई उत्तर तिरका पहाडी जिल्लालाई जोड्ने मुख्य ठाँउको रुपमा रहेको गोलपार्कमा निर्माण गर्न २५ लाख ६५ हजार रुपैँया खर्च भएको छ । भवन बुटवल उपमहानगरपालिकाले २ चरणमा निर्माण गरेको हो ।

प्रहरी सेवा केन्द्रको स्थापना संगै प्रहरी जनशक्तिले अपराध अनुसन्धानको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिको प्रयोग गर्ने सहज हुने तथा प्रहरी र जनताबीच सम्बन्ध सुमधुर कायम गर्न सकारात्मक भुमिका खेल्ने प्रहरीको भनाई रहेको छ । सेवा केन्द्रको स्थापना संगै स्थानिय पनि खुसि भएका छन् ।

सामाज मा हुने झै झगडा लाई निपटानन पार्न को साथै समाज र प्रहरीबीचको मिठो सम्बन्ध स्थापित गर्ने उद्देश्य का साथ बिभिन्न नागरिक समाज, प्रहरी सहित को संयुक्त सहभागिता मा २०५७ साल मा सामुदायिक प्रहरी सेवा केन्द्र को स्थापना गरेको बताउनु हुन्छ ।

व्यवस्थित भवनमा प्रहरी चौकीको स्थापनाले प्रहरीहरुलाई सहज हुन्छ तथा प्रहरीको काम कारवाही सञ्चालन समेत प्रभावकारी बन्ने देखिन्छ । त्यस्तै, व्यस्थ बजारमा शौचालय सहितको भवनले आम नागरीकले पनि सहज हुन्छ त्यसैले बुटवलभरि रहेका यस्ता प्रहरी चौकी तथा नयाँ शौचालय निर्माणको सम्बन्धमा नगरपालिकाले सोच्नु पर्ने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);