अभियान पथमा सीमा पर्खाल निर्माण शुरू, बुटवलको मुख्य व्यापारिक मार्ग बनाइने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

अभियान पथमा सीमा पर्खाल निर्माण शुरू, बुटवलको मुख्य व्यापारिक मार्ग बनाइने

-सत्यनारायण मानन्धर
बुटवल उपमहानगरपालिका-१०, चौराहदेखि योगिकुटीसम्म दोस्रो हाइ वेको रुपमा परिचित अभियान पथको सीमा पर्खाल बन्ने भएको छ । मध्यपश्चिम पृतना हेड क्वाटर र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको सीमा पर्खाल बनाउन शिलान्यास गरिएकाे छ । यसको निर्माणले आगामी दिनमा यो सडक बुटवलको मुख्य व्यापारिक मार्ग बन्ने विश्वास गरिएको छ ।

पछिल्लो समय निर्माण क्षेत्रमा गति लिएको बुटवल उपमहानगरपालिकामा चौराहदेखि योगिकुटीसम्म दोस्रो हाइ वे भनिने अभियान पथको सीमा पर्खाल बन्ने भएको छ । निर्माण कार्यको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शिलन्यास गरेका हुन् । उनले निर्वाचित भएर आएदेखिको प्रयास सडक विस्तारको ऐतिहासिक काम सुरुवातले आगामी दिनमा यो सडक बुटवलको मुख्य व्यापारिक मार्ग बन्ने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिका-१० का अध्यक्ष बलबहादुर पुनले जनताको मनोभावना अनुसार काम शुरू भएको भन्दै उहाँले संघीय सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको विषेश सहयोगमा कार्यमक्रम सञ्चालन गरिएको जानकारी दिए । बुटवल उपमहानगरपालिकाले गर्ने १ करोड ६० लाखको लगानीमा सडक ५१ फुटे कायम गर्ने र सीमा पर्खाल लगाइने छ । बाँकी कामका लागि संघीय सरकारबाट २ करोड ६० लाख बजेट छुट्याएको भन्दै वडाध्यक्ष पुनले समयमा नै काम पुरा हुने दाबी गरे ।

उपमहानगरकी उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलको समृद्धिमा यो ठुलो फड्को हुने बताइन् । लामो समय देखिको प्रयासले विकास सम्भव भएको भन्दै उनले सीमा पर्खाल र सकड़ समयमा पूरा गर्न निर्माण व्यवासायहीलाई अनुरोध गरिन् ।

लुम्बिनी प्रदेश प्रहरी तालीम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठोर विकास निमार्णका योजनाले खुशी भएको बताउँदै समयमै काम सकेर उद्घाटन हने भन्ने विचार व्यक्त गरे ।

कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर २२ नम्बर बाहिनी अड्डाका महासेनानी मचिन्द्र थापा, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत समाजिक व्यक्तित्वहरूकाे उपस्थित थियाे ।

Leave a Reply

ताजा समाचार