जनतालाई सुसूचित गर्न सामुदायिक रेडियोको भूमिका महत्‍वपूर्ण : खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

जनतालाई सुसूचित गर्न सामुदायिक रेडियोको भूमिका महत्‍वपूर्ण : खनाल

radio diwas-jhalanath khanal

काठमाडौं, १ फागुन । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्ना हक अधिकारका विषयमा जनतालाई सुसूचित गर्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

नवौँ विश्व रेडियो दिवसको अवसरमा बिहिबार ललितपुरमा आयोजित कार्यक्रममा खनालले सूचना, समानता,र लोकतान्त्रिक हकमा जनतालाई सुसूचित बनाउन रेडियोले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको हो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा सीमान्तकृत समुदायका अधिकार स्थापित र छुवाछुतको अन्त्य गर्न नसकिएको उल्लेख गर्नुभयो ।

यसैगरी नेपाली कांग्रेसकी सांसद पुष्पा भूसालले संविधानले दिएका अधिकारहरुको स्थापनाका लागि सामूदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सामुदायिक रेडियो प्रशारक संघले विश्व रेडियो दिवसका अवशरमा विहिबार रेडियो र विविधता विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

radio diwas

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);