दिल्ली विधानसभा निर्वाचनले नेपालका वैकल्पिक शक्तिलाई उर्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दिल्ली विधानसभा निर्वाचनले नेपालका वैकल्पिक शक्तिलाई उर्जा

काठमाडौं, १ फागुन । भारतको राजधानी दिल्लीको बिधान सभा चुनावमा आम आदमी पार्टीको जितले नेपाली राजनीतिमा चर्चाको विषय बनेको छ । यस परिणामले नेपाली राजनीतिमा बैकल्पिक शक्तिको संभावनालाई उर्जा थपेको छ । तर नेपाली राजनीतिमा बैकल्पिक शक्तिका लागि राजनैतिक धरातल र बैचारिक रुपमा सशक्त हुनुपर्ने बौद्धिक जमातको भनाई छ ।

नेपालमा बेला–बेलामा बैकल्पिक शक्तिको चर्चा उठने गर्छ । हुनत नेपालमा २०४७ सालपछि माओबादी, मधेशी जनअधिकार फोरम, तथा तराई मधेश लोकतान्त्रिक पार्टी पनि बैकल्पिक शक्तिकै रुपमा आएको मानिन्थ्यो ।

तर अहिले यी मध्ये कुनै पनि दल अस्तित्वमै छैनन् । २०७४ सालको निर्वाचनमा साझा विवेकशिल पार्टी र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टाराई नेतृत्वको नयाँ शक्ति पार्टी पनि दाबी गरे अनुसार वैकल्पिक शक्ति बन्न सकेन् । नेपालमा बैकल्पिक शक्तिको दावी गर्ने दलहरुले पनि जनताको मुद्दा उठाउन नसकेको राजनीतिक बिश्लेषकको भनाई छ ।

नेपालमा बैकल्पिक शक्ति भन्दै स्थापना भएका राजनीतिक दलहरुले समाजिक मुद्दालाई बेवास्ता गर्दा आम नागरिकको मन जित्न सकेका छैनन् ।

नेपाली राजनीतिमा बैकल्पिक शक्तिहरु आउने र हराउने क्रम पुरानो हो । तर विश्वमा बैकल्पिक उदाउने क्रम बढ्दो भएकोले नेपालमा पनि यसको सम्भावना बढेको बैकल्पिक शक्तिका अभियान्ताहरुको तर्क छ ।

नेपालमा राजनीतिक परिवर्तनसँगै बैकल्पिक शक्ति उदाए पनि स्थायीत्व भने पाउँन सकेको छैन् । केही समय सत्तामा रहे पनि बिलय भएर गएको पनि थुप्रै दल छन् । नयाँ राजनीतिक शक्तिहरुले आम नागरिकको आशामा खरो उत्रन नसकेपछि आफै पखा लाग्दै गएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);