उपनिर्वाचनमा बैकल्पिक भनिएका दलले जमानत जोगाउनै सकेनन् | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

उपनिर्वाचनमा बैकल्पिक भनिएका दलले जमानत जोगाउनै सकेनन्

upa nirwachan

काठमाडौं, १७ मंसिर । उपनिर्वाचनमा भाग लिएका दलहरुले पाएको मत परिणामलाई लिएर राजनीतिक वृत्तमा बहस र समीक्षा भइरहेको छ । ठूला दलहरुले हारजीतको समीक्षा गरिरहँदा साना तथा वैकल्पिक राजनीति अस्तित्व जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । नेकपा पहिलो दल र कांग्रेस दोश्रो दलका रुपमा देखिदा साना दलहरुले भने धरौटी राखेको जमानत समेत जोगाउन सकेनन् ।

उपनिर्वाचनको मत परिणाम हेर्दा साना र नयाँ दललाई मतदाताले पत्याएको देखिएन । झण्डै ४६ हजार मत खसेको कास्की क्षेत्र नं २ मा साना दलहरुले जमानत पनि जोगाउन सकेनन् ।

दाङ, भक्तपुर, धरानमा पनि साना दलहरुले जमानत जोगाउन सकेनन् । अन्य गाउँपालिका र वडाहरुको अवस्था पनि त्यस्तै देखियो । चुनावी परिणामलाई लिएर साना दलहरुको फरक फरक प्रतिक्रिया आएको छ । चुनावी नतिजालाई राजपाले स्वभाविक भएको बताएको छ ।

नेपाली राजनीतिमा वैकल्पिक शक्तिको बारेमा बहस सुरु भएको धेरै भएको छैन । मुलधारमा रहेका पार्टीको कमजोरीलाई एजेण्डा बनाएर उदाएका दलहरु यो उपनिर्वाचनमा पनि भाग लिएका थिए । उनीहरुले पनि जमानत नै जोगाउन सकेनन् ।

नेपालमा कांग्रेस र नेकपा भन्दा फरक धारबाट राजनीति गरेमात्र वैकल्पिक राजनीतिको भविष्य रहेको विश्लेषकहरु बताउँछन् ।

अहिलेको उपनिर्वाचनको परिणामलाई हेर्दा जनता नयाँ दलको पक्षमा देखिंदैनन् । पुरानै दललाई विकल्पको रुपमा हेरेको पाइन्छ । निर्वाचन आयोगमा दर्ता भइ उम्मेदवारी दिएका दलहरु मध्ये १९ दलका उम्मेदवारको जमानत जफत भएको छ । नयाँ दलहरुले जनताको मन जित्न सकेनन् या जनताले नयाँ दललाई भर गर्न सकेनन् वैकल्पिक शक्ति बताउने र आयोगमा दर्ता हुने दलका नेताहरुले सोच्ने बेला आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);