मन्त्रीहरुलाई विप्लवबाट सुरक्षा थ्रेट ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मन्त्रीहरुलाई विप्लवबाट सुरक्षा थ्रेट ?

biplov

काठमाडौं, १८ मंसिर । नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित रहेको छ ।

सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपा बा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहका विष्णु रिमाल टार्गेटमा परेको सूचना सरकारी संयन्त्रले पाएको हो ।

यस विषयमा शंकास्पद दुई व्यक्तिलाई गिरफ्तार गरिएको जानकारी मिलेको छ । हमलाका योजनाकारहरु विप्लव समूहसँग आबद्ध भएको भनिए पनि अरु नै कुनै आपराधिक गिरोहले विप्लवको नाममा आफ्ना गतिविधि सञ्चाल गरेको हुनसक्ने पनि आशंका गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);