निर्वाचनमा कति उम्मेदवारको भयो जमानत जफत ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्वाचनमा कति उम्मेदवारको भयो जमानत जफत ?

बिन्दु अधिकारी माउन्टेन टेलिभिजन एचडि । हालै सम्पन्न आम निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसंगै कति उम्मेदवारको जमानत जफत भयो भन्ने विषयको चर्चा भईरहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुल २ हजार ४ सय १२ जना उम्मेदवार निर्वाचनमा सहभागी थिए । तीमध्ये ८१ प्रतिशतले आफ्नो जमानत जोगाउन सकेनन् ।

निर्वाचनमा खसेको कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा उल्लेख छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीमा भने कुनै पनि दलले कम्तीमा एक सीट प्राप्त नगरेमा र थ्रेसहोल्ड नकटाए त्यस्तो दलको पनि जमानत जफत हुने व्यवस्था छ । २०१८ सालको गाउँपञ्चायतको निर्वाचनदेखि जमानत जफतको नियम सुरु भएको थियो । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा २ हजार ४ सय १२ उम्मेदवार मध्ये १० प्रतिशत मत नल्याउने १ हजार ९ सय ५२ अर्थात ८१ प्रतिशत उम्मेदवारको जमानत जफत भयो । यसरी हेर्दा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारको दस हजार रुपैयाँका दरले १ करोड ९५ लाख २० हजार रुपैयां र समानुपातिकतर्फ ३ प्रतिशत मत नपु¥याएका ३४ दलको ५० हजारका दरले १७ लाख रुपैयाँ जमानत भई राज्यको सञ्चित कोषमा जानेछ ।

जमानत जफत हुनेमा नयाँ, पुराना, ठूला र साना सबै दलका उम्मेदवार छन् । पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, लोसपा नेता, बाँके–२ कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणा, रामवीर मानन्धर, रञ्जु दर्शना, मिलन पाण्डे, गंगा चौधरी लगायतका केही चर्चित उम्मेदवारले पनि जमानत जोगाउन सकेनन् ।

यसपालिको निर्वाचनमा देशैभरि चर्चा पाएको रवि लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका ८२ उम्मेदवारले पनि आफ्नो जमानत जोगाउन सकेनन् । स्वतन्त्र उम्मेदवार ८ सय ४० जनाको पनि जमानत फिर्ता नहुने भएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका १ सय ७ उम्मेदवारले जमानत जोगाएनन । निर्वाचनमा ५ सय मत पनि नल्याउने उम्मेदवार १ हजार ५ सय २१ जना थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);