बारामा खरेलसहित क–कसको भयो जमानत जफत ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बारामा खरेलसहित क–कसको भयो जमानत जफत !

काठमाडौं, १३ वैशाख । आइतबार सम्पन्न भएको तीन क्षेत्रको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई स्थानमा विजयी भएको छ । तनहुँ १ र चितवन २ मा विजयी हासिल गरीरहँदा रास्वपाका उम्मेदवार रमेश खरेलको बारा–२ मा भने जमानत जफत भएको छ ।

३४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको हो । कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। २८ हजार ४१५ मतसहित उपेन्द्र यादव निर्वाचित हुँदा खरेलले २ हजार ८ सय २९ मत पाएर लज्जास्पद हार व्यहोरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा खरेल काठमाडौं १ बाट उम्मेदवारी दिएका थिए ।

आइतबार सम्पन्न निर्वाचनमा बारा–२ मा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको थियो । जसमध्ये खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो। सो क्षेत्रमा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र १० प्रतिशत मत कटाएका छन्।

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए । बाँकी ३१ उम्मदवारको जमानत जफत भएको हो । १० प्रतिशत भन्दा कम मत पाएका आम जनता पार्टीका उम्मेदवार अरूणकुमार ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेमकिपाका मुक्ति प्रसाद यादव,नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोदराम चमार र २४ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);